नारायणगढ – टुवल सडक खण्डको डाईर्भसन बाढीले बगायाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

नारायणगढ – टुवल सडक खण्डको डाईर्भसन बाढीले बगायाे

चितवन ।पुर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ – टुवल सडक खण्डको सुनवल नगरपालिका–१३ बडेरामा रहेको डाईर्भसन बाढिले बगाएको छ ।



मंगलबार राति परेको अविरल वर्षासँगै आएको बाढिले डाइर्भसन बगाएपछि पुर्व पश्चिम गुड्ने सवारी साधनलाई सुनवलबाट परासी हुँदै भुमहीतर्फ पठाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

सडक सुचारु गर्न डाईभर्सन बनाउने काम भैरहेको ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख बासुदेव नेपालले जानकारी दिए । सडक विस्तारको ठेक्का पाएको चाईना स्टेट कन्स्ट्रक्सनले दाउन्ने पश्चिम खण्डमा निर्माण गर्नुपर्ने ३० ओटा पुल मध्ये अधिकांशको निर्माण कार्य सुरु गरेको छ ।

वर्षायाम सुरु भएसंगै पटक पटक डाईभर्सन बगाउदा सवारी साधन संचालनमा समस्या हुदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);