नारायणगढ–बुटवल खण्ड र हुलाकी राजमार्गको काम चाडो सक्न चौथरीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नारायणगढ–बुटवल खण्ड र हुलाकी राजमार्गको काम चाडो सक्न चौथरीको आग्रह

काठमाडौं,२९ फागुन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं सांसद विनोद चौधरीले ठूला विकास आयोजनालाई समयमै सम्पन्न गर्न निर्माण कम्पनीहरुसँग आग्रह गर्नुभएको छ ।

सोमवार जिल्ला प्रशासन कार्यालय नवलपरासीमा सरोकारवाला निकायसँग छलफल गर्दै सांसद चौधरीले विकास आयोजना निर्माण कार्यमा विलम्व नगर्न आग्रह गर्नुभएको हो । सांसद चौधरीले नारायणगढ–बुटवल सडक खण्ड र हुलाकी राजमार्गको कामलाई तीव्रता दिनु पर्नेमा जोड दिनुभयो । उहाँले नारायणगढ–बुटवल सडक खण्ड र हुलाकी राजमार्गको काम ढिलासुस्ती गर्न नगर्न निर्माण क्षेत्रलाई आग्रह गर्नुभयो । विकास आयोजना सम्पन्न गर्न सरकारबाट गर्नुपर्ने सहजीकरणमा आफूले निरन्तर समन्वय गर्दै आएको उहाँको भनाई छ । सांसद चौधरीले के कारणले आयोजनाको काम अपेक्षाकृत हुनसकेको छैन सो विषयमा गम्भीर बन्न जरुरी रहेको बताउनु भयो । उहाँले जनप्रतिनिधिको तर्फबाट सहजीकरण गर्न आफू तयार रहेको भन्दै अब विभिन्न बहानामा काममा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताउनु भयो ।

सांसद चौधरीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ– बुटवल सडक खण्डको काममा भइरहेको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);