पुराना राष्ट्रिय गौरवका आयोजना सम्पन्न नगरी नयाँ आयोजना नथप्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

पुराना राष्ट्रिय गौरवका आयोजना सम्पन्न नगरी नयाँ आयोजना नथप्न निर्देशन

काठमाडौं,२३ चैत्र । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पुराना राष्ट्रिय गौरवका आयोजना सम्पन्न नगरी नयाँ आयोजनाहरु थप नगर्न सरकारलाई निर्देशन दिएको छ । बिहीवार बसेको सार्वजनिक लेखा समिति बैठकले यस्तो निर्देशन दिएको हो । समिति बैठकमा बोल्दै समिति सभापति ऋषिकेश पोखरेलले सरकारले घोषणा गरेका राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्ने दायित्व सरकारको भएको भन्दै पुराना आयोजनाहरु सम्पन्न नगरी नयाँ–नयाँ थप्ने काम नगर्न निर्देशन दिनुभयो ।

उहाँले वि.स.२०८३ र ०८४ सम्म कम्तिमा बाटो र पुल निर्माण हुनेगरी हुलाकी राजमार्गसँग संवद्ध प्रश्तावित सडक मार्गको यकिन गरी विवरण उपलब्ध गराउन र हुलाकी राजमार्ग सम्पन्न गर्न अर्थमन्त्रालयलाई निर्देशन दिनभयो । उहाँले राष्ट्रिय निकुञ्ज क्षेत्रको रेखाङ्कनमा अफ्ठ्यारो रहेको भन्दै त्यसलाई सहजिकरण गर्न सरकारलाई निर्देशन दिने बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षमा रेखाङ्कन गर्ने परिस्थिति नबने काम अगाडि बढ्नसक्ने अवस्था नभएको बताउनु भयो । सभापति आयोजना प्रमुखलाई निश्चित अवधिसम्म वा कार्यसम्पादन नभएसम्म जवाफदेही बनाउन र निरन्तरता दिन सरकारलाई निर्देशन दिनुभयो । उहाँले हुलाकी राजर्माग र भौतिक मन्त्रालयसँग समेत जोडर अर्थ मन्त्रालयले उठाएका जे प्रश्नबीचको विभेदका विषयमा अर्थमन्त्रालयसँग जवाफ समितिलाई दिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सरकारले घोषणा गरेका राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्ने दायित्व सरकारको हो । पुराना आयोजनाहरु सम्पन्न नगरी नयाँ–नयाँ थप्ने काम नगर्न आग्रह गर्दछौं । २०८३ र ०८४ सम्म कम्तिमा बाटो र पुल हुलाकी राजमार्गसँग संवद्ध प्रश्ताविक सडक मार्गको एकिन गरी अर्थमन्त्रालयले उपलब्ध गराउन र हुलाकी राजमार्ग सम्पन्न गर्न अर्थमन्त्रालयलाई निर्देशन गर्दछौं । राष्ट्रिय निकुञ्ज क्षेत्रको रेखाङ्कनमा अफ्ठ्यारो छ त्यसलाई सहजिकरण गर्न सरकारलाई निर्देशन दिन चाहन्छौं । आगामी आर्थिक वर्षमा रेखाङ्कन गर्ने परिस्थिति बनेन भने काम अगाडि बढ्नसक्ने अवस्था छैन । आयोजना प्रमुखलाई निश्चित अवधिसम्म वा कार्यसम्पादन नभएसम्म जवाफ देहि बनाउन र निरन्तरता दिन सरकारलाई निर्देशन दिन्छौं । हुलाकी राजर्माग र भौतिक मन्त्रालयसँग समेत जोडर अर्थमन्त्रालयले उठाएका जे प्रश्न छन् । यसबीचको विभेद के हो । अर्थ मन्त्रालयसँग जवाफ माग गर्दछौं । १८ जना निर्देशकहरु हुलाकी राजमार्गमा आएको भन्ने कुरा आयो । १८ जना आयोजना प्रमुख हुँदा राजमार्गको भएको प्रगतिविवरण के हो ? त्यो समितिलाई उपलब्ध गराउन निर्देशन दिन्छौं । हुलाकी राजमार्ग भित्रका अलपत्र क्षेत्रहरु रहेका ठेक्का लागेको साना आयोजनाहरु चालु आर्थिक वर्षमा सक्नेगरी आधार तयार गर्नुपर्छ । वैशाखको पहिलो हप्ता दुई प्रदेशमा हुलाकी राजर्मागको निरिक्षण गर्ने तयारी गरौं ।’

उहाँले अहिलेसम्म हुलाकी राजमार्गको आयोजनाको १८ जना आयोजना प्रमुख हुँदा राजमार्गको भएको प्रगतिविवरण समितिलाई उपलब्ध गराउन निर्देशन दिनुभयो । उहाँले हुलाकी राजमार्ग भित्रका अलपत्र ठेक्काहरु चालु आर्थिक वर्षमा सक्ने गरी आधार तयार गर्न निर्देशन दिनुभयो। उहाँले समितिले वैशाखको पहिलो हप्ता दुई प्रदेशमा हुलाकी राजर्मागको निरीक्षण गर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);