आयोजनामा राजनीतिक द्वेषको कालो छायाँ (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

आयोजनामा राजनीतिक द्वेषको कालो छायाँ (भिडियाेसहित)

प्रतिपक्षी दलहरुले सरकार माथिको रिस पोख्ने ठाउँका रुपमा राष्ट्रिय गौरवका आयोजनालाई प्रयोग गर्न थालेपछि मुलुककै विकासको गति सुस्त बन्दै जाने देखिएको छ । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउनेदेखि द्रुतमार्गको मुख्य र जटिल मानिएको सुरुङमार्ग र विशेष पुल निर्माणको डिजाईन स्विकृतीकै कारण निर्माण कार्य लम्बिंदै आएको मुलुककै प्राथमिकतामा परेको काठमाण्डौ तराई द्रुतमार्गले पछिल्लो समय यस्तै हविगत भोग्नु पर्ने देखिएको छ ।

द्रुत मार्ग निर्माणको जिम्मा लिएको नेपाली सेनाले केही समय अगाडि द्रुत मार्गमा निर्माण गरिने सुरुङ र पुलको ठेक्का प्रकृया अगाडि बढाउन ठेकेदार छनौटको कामलाई अन्तिम चरणमा पु¥याएको थियो । तर यसै बिषयमा गत बिहीबार संसदको सार्वजनिक लेखा समितीले तगारो लगाईदिएको छ । समितिको बिहीवार बसेको बैठकले द्रुतमार्गको दोस्रो प्याकेज अन्तर्गतको सुरुङमार्ग र पुलको खरीद प्रक्रिया नै रद्द गर्न रक्षा मन्त्रालय मार्फत निर्माण कार्यमा जोडिएको नेपाली सेनालाई निर्देशन दिएपछि आयोजनाको निर्माण कार्य नै लम्बिने देखिएको छ ।

सरकारका विरुद्धमा रिस पोख्ने नाममा आयोजनामा संसदका समितीहरु खनिएको यो नै पहिलो नभई उदाहरणका रुपमा राखिएको प्रसंग मात्रै हो । लेखा समितीले अहिलेसम्म दिएका निर्देशन र आदेशलाई हेर्दा काम हुँदै गर्दासम्म कानमा बतास नलगाउने, तर काम सम्पन्न भएर निर्माणको प्रकृयामा छिरिसकेपछि त्यसमा अवरोध गर्ने प्रवृतीले काम गरेको देखिएको छ । कुनै किसिमको अनियमितता भए प्रकृयाको थालनीकै क्रमबाट अनियमिततालाई निरन्तरता दिईएको हुन्छ र त्यतिबेलै यस्ता काममा समितीले चासो राखिदिंदा अनियमितता पनि हुँदैन र समितीको प्रयास सफल पनि हुन्छ ।

तर आजसम्मका कामकारवाही हेर्दा भने त्यस्तो देखिएकै छैन । मुलुकमा थुप्रै अनियमितता भएका छन् । नीतिगत भ्रष्टाचारको त कुनै लेखा नै छैन । तर, त्यस्तोमा संसदीय समितीका सदस्यहरु नै कतिपय बिषयमा पक्षपाती बनेर निर्णयमा हाबि भएका दृष्टान्तहरु पनि पाइन्छन् । अर्को तथ्य के पनि हो भने एउटा ब्यक्ति बिशेषको रुचीमा कतिपय पटक संसदीय समितीहरु भुलेको पनि नदेखिएको हैन । पछिल्लो प्रकरणमा आएको द्रुत मार्ग ठेक्का प्रकृयासँग जोडिएको विवादलाई भने गम्भीरता पुर्वक लिनै पर्ने हुन्छ ।

निर्माण कार्यमा जोडिएको निकायको गरिमालाई नै जोखिममा हालेर यतिबेला सेना जस्तो निकायलाई विवादित बनाउने जुन प्रयास भएको छ त्यो प्रशंसनीय भने पक्कै हैन । समितिको गत बिहीबार बसेको बैठकले द्रुतमार्ग ठेक्काको दोस्रो प्याकेजको सुरुङमार्ग र विशेषखालको पुलको बोलपत्रमा प्रतिस्पर्धालाई निषेध गरिएको भन्दै पूर्वयोग्यता (प्रिक्वालिफिकेशन–पीक्यू) का लागि अघि बढाएको खरीद प्रक्रिया नै रद्द गर्न निर्देशन दिएको छ ।

यतिमात्रै हैन प्रधानमन्त्री भईसकेका र मुलुकको विकास प्रति उतिनै संवेदनशील देखिनु पर्ने डा. बाबुराम भट्टराईले त निर्माणको जिम्मा लिएको नेपाली सेनालाई नै विवादमा तान्ने प्रयास गरेर सरकार खासगरि प्रधानमन्त्री ओलीसँगको आफ्नो निजी रिस पोख्ने थलोका रुपमा सेनालाई उपयोगमा ल्याएर गैह्रजिम्मेवारीपनको नमुना नै प्रदर्शन गर्नु भएको छ । मुलुकको आबश्यकता बनिसकेका कतिपय विकास आयोजनाहरु यतिबेला राजनैतिक द्वन्द्वको शिकार बनेका छन् ।

बिगतमा चार बर्षमै निर्माण सम्पन्न भईसक्नुपर्ने गरि सरकारले यो आयोजना सेनाको जिम्मा लगाएको थियो । त्यसअनुसार २०७८ आयोजना सम्पन्न भईसक्नु पर्ने थियो । तर अनेक राजनैतिक खिचातानी र तिकडमका कारण आयोजना निर्माण अवधिको समयसीमा बढेर २०८०/८१ सम्म पुगिसकेको छ । त्यसमाथी देखिएको यो पछिल्लो किचलोले आयोजनालाई अझैपर धकेलिदिंदा आयोजनको लागतमै समेत असर पर्ने र निर्माणमा हुने ढिलाईका कारण आर्थिक र सामाजिक क्षेत्रमा आईपर्ने अन्य समस्या प्रति मुलुक बनाउन हिंडेका भनिएका राजनीतिज्ञहरुको चिन्ता नदेखिनुलाई स्वभाविक रुपमा लिनै सकिन्न ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);