राष्ट्रपति भण्डारी अचानक वरिष्ठ नेता खनालको घर पुगेपछि…. | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रपति भण्डारी अचानक वरिष्ठ नेता खनालको घर पुगेपछि….

काठमाडौं, २१ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार करिब ४ बजे नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको निवास डल्लु पुगिन् । धेरै सञ्चारमाध्यमले राष्ट्रपति भण्डारी एमालेका वरिष्ठ नेता खनाललाई भेट्न उनको निवास पुगेको समाचार विवरण सार्वजनिक गरे । तर ती समाचार विवरणहरु सही थिएनन् । वास्तविकता यस्तो थियो कि, उनी महेश पन्तले सञ्चालन गरेको ठूलो पुस्तकालय अवलोकन गर्न त्यहाँ पुगेकी थिइन् ।

पन्तले सञ्चालन गरेको पुस्तकालय पाँच तलाको भवनमा चार तलामा पुस्तक नै पुस्तक रहेका छन् । जहाँ नेपालको इतिहासका प्रायजसो घटनाक्रमका विवरणहरु भएका पुस्तकहरु रहेका छन् । पन्तको पटक पटकको अनुरोधलाई स्वीकार गर्दै राष्ट्रपति त्यही पुगेकी थिइन् । राष्ट्रपतिले बारम्बार घण्डीमा नजर लगाउँदै करिब १ घण्टा पुस्तकालयको अवलोकन गरिन् । त्यसपछि राष्ट्रपति भण्डारी चौथो तलाबाट अवलोकन सकेर निस्किन् । पन्तले सञ्चालन गरेको भवनसँगै वरिष्ठ नेता खनालको घर जोडिएको छ ।

अवलोकन सकेर झरेपछि राष्ट्रपति भण्डारीले खनालको घर पस्ने निधो गरिन् । राष्ट्रपति पुस्तकालय अवलोकन गर्न आउन थालेको वरिष्ठ नेता खनालका स्वकीय सचिव कृष्ण पोखरेललाई पहिले नै थाहा थियो । त्यसैले वरिष्ठ नेता खनाल राष्ट्रपतिको स्वागतका लागि तम्तयार अवस्थामा बसेका थिए ।

वरिष्ठ नेता खनालको हातमा राष्ट्रपति भण्डारीलाई स्वागत गर्न फूलको माला थियो । राष्ट्रपति भण्डारी निवासमा प्रवेश गर्दै गर्दा वरिष्ठ नेता खनालले भने–‘ राष्ट्रपति ज्यू, स्वागत छ ।’ त्यसपछि राष्ट्रपतिले वरिष्ठ नेता खनाललाई सोधिने, ‘ सन्चै हुनुहुन्छ ?’ वरिष्ठ नेता खनालले जवाफ दिए, ‘म सन्चै छु, तपाईलाई कस्तो छ ?’

आजको भेटमा विशुद्ध पारिवारीक कुराकानी भएपनि राजनीतिक विषयवस्तुमा प्रवेश गरिएको थिएन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);