राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रकाश दाहालप्रति श्रद्धाञ्जली अर्पण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

काठमाडौं, ४ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी प्रचण्ड निवास लाजिम्पाट पुगेर प्रकाश दाहाललाई श्रद्धाञ्जली दिएकी छन्। राष्ट्रपति भण्डारी सोमबार बिहान साढे ९ बजे प्रचण्ड निवास पुगेर स्व. प्रकाशको तस्वीरमा पुष्पगुच्छा चढाउँदै श्रद्धाञ्जली अर्पण गरेकी हुन्।

साथै राष्ट्रपति भण्डारीले शोकाकुल परिवारलाई भेटेर समवेदना व्यक्त गरेको प्रचण्डको सचिवालयले जनाएको छ। प्रचण्डपुत्र प्रकाश दाहालको आइतबार बिहान आकस्मिक हृदयाघातबाट निधन भएको थियो। निधनको खबर पाएलगत्तै राष्ट्रपति भण्डारी आइतबार पनि प्रचण्ड निवास पुगेकी थिइन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);