उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल नेकपाका शीर्ष नेतासँगको भेटमा व्यस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल नेकपाका शीर्ष नेतासँगको भेटमा व्यस्त

काठमाडौं, १३ पुष । चिनियाँ राष्ट्रपति सी जिङपिङको सन्देश लिएर नेपाल आएको चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डलले नेकपाका शीर्ष नेताहरु भेटवार्ता गरिरहेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबार काठमाडौं आएको थियो ।

आइतबारदेखि नै उच्च स्तरीय भेटवार्तामा रहेको चिनियाँ टोलीले सोमबार नेकपाका दाहाल –नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल र माधवकमार नेपालसंग भेटवार्ता गरेको छ । नेकपाका अध्यक्ष दाहाल निवास खुमलटार पुगेर चिनिया टोलीले दाहालसंग छलफल गरेको हो । दाहालसंगको छलफल पछि चिनियाँ टोलीले अर्का अध्यक्ष नेपालसंग भेटवार्ता गरेको छ ।

यसअघि चिनियाँ टोलीले आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी, र प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको थियो । आइतबार दिउँसो चाइना एयरको विशेष विमानबाट काठमाडौं आएको टोलीले भेटघाट तिब्र पारेको हो ।

टोलीले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईलाई पनि भेट्ने कार्यक्रम छ । नेकपा आन्तरिक कलहले विभाजनको डिलमा पुगेको बेला चिनियाँ टोलीको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । चिनियाँ टोली ४ दिनसम्म नेपालमा रहने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);