चिनियाँ विदेशमन्त्री वाङद्वारा प्रचण्ड र देउवासंग शिष्टाचार भेट, वाङ आजै स्वदेश फर्कने | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

चिनियाँ विदेशमन्त्री वाङद्वारा प्रचण्ड र देउवासंग शिष्टाचार भेट, वाङ आजै स्वदेश फर्कने

prachanda and wang

काठमाडौं, २४ भदौ । नेपाल भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यीले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गर्नु भएको छ ।

चिनियाँ विदेशमन्त्री वाङले नेपाल भ्रमणको अन्तिम दिन मंगलबार बिहान सत्तारुढ नेकपाका अध्यक्ष दाहाल र काँग्रेस सभापति देउवा सँग छुट्टाछुट्टै भेटवार्ता गर्नु भएको हो । काठमाडौंको नक्सालस्थित होटल म्यारियोटमा भएको भेटवार्तामा दुवै पार्टीका नेताहरुसँग विदेशमन्त्री वाङले दुई पक्षीय हित र दुई पार्टीबीचको सम्बन्धमा विषयमा छलफल गर्नु भएको थियो । पहिलो भेट प्रमुख प्रतिपक्षका नेता देउवासहितका काँग्रेस प्रतिनिधिमण्डलसँग गर्नु भएका उहाँले त्यसपछि सत्तारुढ नेकपाका अध्यक्ष दाहालसँग भेटवार्ता गर्नु भएको थियो । चिनियाँ विदेशमन्त्री वाङसँगको भेटवार्ता उत्साहवद्र्धक रहेको सत्तारुढ नेकपाका अध्यक्ष दाहालले प्रतिक्रिया दिनु भयो ।prachanda and wang

चिनियाँ विदेशमन्त्री वाङसँगको भेटवार्तामा पूर्व प्रधानमन्त्री समेत रहनु भएका काँग्रेस सभापति देउवा र नेकपाका अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी जीन पिङको नेपाल भ्रमणबारे पनि चासो व्यक्त गर्नु भएको थियो । चिनियाँ विदेशमन्त्री वाङ आजै स्वदेश फर्कनु हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);