माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, २२ चैत। आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रकोे स्थायी कमिटी बैठक स्थगित भएको छ ।

वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार गठनबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनिएको स्थायी कमिटी बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।

अधिकांश स्थायी समिति सदस्यहरु राजधानी बाहिर रहेकाले आजको बैठक स्थगित गरिएको नेताहरुले जानकारी दिएका छन् ।

नेपाली कांग्रेसले वर्तमान सरकारको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेपछि उत्साहित बनेको माओवादीले समर्थन फिर्ता लिने तयारी गरेको छ ।

माओवादीले कांग्रेससहित जसपासँग सत्ता सहकार्य गर्न चाहेको छ । शनिबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनबारे घनिभूत छलफल थालिने बताएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);