कर्णाली प्रदेश नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कर्णाली प्रदेश नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै

काठमाडौं, २२ चैत। कर्णाली प्रदेश नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ ।

कर्णली प्रदेशमा आफ्नो नेतृत्वमा सरकार गठन गर्ने तयारी गरेको एमालेले छलफलका लागि संसदीय दलको बैठक आह्वान गरेको हो । आजको बैठकमा सांसदहरूले ल्याएका एजेण्डामा छलफल गर्ने र सांसदका एजेण्डाअनुसार अगाडि बढ्ने बताइएको छ । साथै बैठकमा पार्टीको सबै सांसदलाई एकजुट बनाएर अघि बढ्ने विषयमा छलफल केन्द्रित हुनेछ ।

गत चैत्र ४ गते एमाले ओली पक्षधर १० जना सांसदहरूको उपस्थितिमा संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकलाई माधव नेपाल पक्षधरले विरोध गरेको थियो । बैठकले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय समेत गरेको थियो । तथापि, सुरुमा माधव नेपाल पक्षधरले समर्थन कायम रहेको बताए पनि संसदीय दलका नेता यामलाल कँडेलको प्रयासपछि एमालेहरू एक ठाउँमा आएको बताइएको छ ।

कर्णालीमा सरकार गठन गर्नका लागि २१ जना सांसदको आवश्यकता पर्दछ । प्रदेशसभामा सभामुखसहित एमालेका २० जना सांसद रहेका छन् । राप्रपाका एक सांसदलाई पनि साथमा लिएमा एमाले नेतृत्वमा सरकार गठन हुन सक्ने देखिएको छ । त्यस्तै माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका ६ सांसद छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);