राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले लिईन पद तथा गोपनियताको शपथ ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले लिईन पद तथा गोपनियताको शपथ ग्रहण

राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शपथग्रहण गर्नुभएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट आईतवार सिंहदरबारमा एक समारोहका बीच पूर्वराजदुत समेत रहनुभएकी उहाँले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो । शाक्यलाई मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख ६ गते राष्ट्रिय सभाको सदस्य पदमा मनोनित गर्नुभएको थियो ।

त्यसलगत्तै सांसद शाक्यलाई सांसदको लागो हस्तातरण गर्दै राष्ट्रिय सभाका अध्यक्ष दाहालले बधाई दिनुभएको थियो । त्यस अवसरमा राष्ट्रिय सभाका सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुले पनि उहाँलाई बधार्ई दिनुभएको थियो । शपथ ग्रणगलत्तै सांसद शाक्यले देश र जनताको हितमा इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले राष्ट्रिय सभाको गरिमा उचाईमा पु¥याउन पनि आफूले सक्दो पहल गर्ने बताउनु भयो ।

एमाले विदेश विभाग सदस्य शाक्यले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राष्ट्रिय योजना आयोगको सदस्यको जिम्मेवारी समेत पाउनुभएको थियो ।
०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);