राष्ट्रिय सभाका तीन सदस्य खतिवडा, पौड्याल र बिडारीद्वारा पद तथा गोपनियताको शपथ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रिय सभाका तीन सदस्य खतिवडा, पौड्याल र बिडारीद्वारा पद तथा गोपनियताको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनीत गरेका राष्ट्रिय सभाका सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन्

काठमाडौं, २५ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनीत गरेका राष्ट्रिय सभाका सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन् ।

मनोनीत सदस्यहरु डा. युवराज खतिवडा, डा. विमला पौड्याल र रामनारायण बिडारीले आज पद तथा गोपनियताको शपथ लिएका हुन  ।

राष्ट्रिय सभाकी जेष्ठ सदस्य तारादेवी भट्टले खतिवडा, पौड्याल र बिडारीलाई शपथग्रहण गराए । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले उनिहरु तीन जनालाई फागुन ८ गते मनोनीत गरेकामा सर्वोच्च अदालतले फागुन १३ गते शपथ नगराउन अन्तरिम आदेश दिएको थियो ।

तर सर्वोच्चले गत बुधबार अन्तरिम आदेश खारेज गरिदिएपछि राष्ट्रिय सभाका मनोनीत सदस्यहरुले आज शपथग्रहण गरेका हुन । शपथग्रहण गरेपनि खतिवडा, पौड्याल र बिडारीले फागुन २९ गतेको राष्ट्रपतिको निर्वाचनमा भने मतदान गर्न पाउनुहुने छैन ।

निर्वाचन कार्यालयले प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा नाम समावेश नगरेका कारण उनिहरुले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न नपाउनु हुने भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);