राष्ट्रिय सभाका १८ नयाँ सांसदले लिए पद तथा गोपनीयताको शपथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

राष्ट्रिय सभाका १८ नयाँ सांसदले लिए पद तथा गोपनीयताको शपथ

naya samsad sapath1

काठमाडौं, २१ फागुन । राष्ट्रिय सभाका १८ जना सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार १८ जना निर्वाचित र एकजना राष्ट्रपतिबाट मनोनित गरी दुई वर्षे कार्यकाल पूरा गरेर १९ जना सांसद राष्ट्रिय सभाबाट बाहिरिएको एकदिनपछि बुधबार १८ जना सांसदले शपथ ग्रहण गरेका हुन् ।

बुधबार शपथ लिएका सांसदको कार्यकाल ६ वर्षको हुनेछ । गत माघ ९ गते निर्वाचित भएका १८ सांसदले शपथ लिएका हुन् । राष्ट्रपतिबाट मनोनीत हुने एक जनाको भने टुंगो लागेको छैन । राष्ट्रपतिबाट मनोनीत डाक्टर युवराज खतिवडाको दुई वर्षे कार्यकाल मंगलबार सकिएको थियो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुधबार राष्ट्रियसभाका १८ सदस्यलाई सपथ ग्रहण गराउनुभएको हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका १६ र राष्ट्रिय जनता पार्टी नेपाल राजपाका दुई सदस्यले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

सत्तारुढ दल नेकपाको सचिवालयले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेपनि सिफरिस भने भएको छैन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);