सभामुख महराद्वारा पद तथा गोपनियताको शपथ ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सभामुख महराद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

saphat

काठमाडौं, २७ फागुन । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सभामुख महराले आज राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिए ।

सभामुख महराले दौरा सुरुवाल र भादगाउँले टोपीमा शपथ लिएका छन् । यसअघि तीन पटक उपप्रधानमन्त्रीसहित पाँच पटक मन्त्रीको शपथ खाएका महरालाई दौरा सुरुवालमा देखिएको थिएन ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, सरकारका मन्त्री, संवैधानिक निकायमा प्रमुख र सरकारका उच्च अधिकृतको उपस्थिति थियो । माओवादी केन्द्रका सांसद महरा शनिबार सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);