प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिंदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिंदै

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आज विश्वासको मत लिंदै छन ।

kp oli

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आज विश्वासको मत लिंदै छन । प्रधानमन्त्री ओलीले अपरान्ह ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा एमाले र माओवादीसँग एक सय ७४ जना सांसद रहेकामा १७ सांसद रहेको राजपा र १६ सांसद रहेको संघीय समाजवादी फोरमले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने तयारी गरेका छन् । एक सिटे पार्टी राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

स्वतन्त्र सांसद छक्कबहादुर लामाले पनि विश्वासको मत दिने भएका छन । प्रधानमन्त्री ओलीले तीन चौथाइ मत पाउने देखिएको छ । प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । ओली फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);