विश्वासको मत गुमाएसँगै ओली सरकार ढल्यो : नयाँ सरकार गठन नहुँदासम्म सरकार काम चलाउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

विश्वासको मत गुमाएसँगै ओली सरकार ढल्यो : नयाँ सरकार गठन नहुँदासम्म सरकार काम चलाउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बहुमत गुमाएका छन् । प्रतिनिधिसभाको विशेष अधिवेशनमा ओलीले विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्रीको बहुमत गुमेसंगै पद मुक्त भएका हुन् ।

प्रधानमन्त्री ओलीले सोमबार संसदको बैठकमा विश्वासको मत मागेसंगै विश्वासको मतको पक्षमा ९३ र विपक्षका १२४ सांसदहरुले मतदान गरेका छन् । १५ जना सांसदहरू तटस्थ अवगस्थामा रहेका थिए। प्रतिनिधिसभाको सोमबारको बैठकमा २३२ जना सांसद उपस्थित रहेका थिए । सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेको घोषणा गरेका छन् ।

नेपालको संविधानअनुसार प्रधानमन्त्री ओलीले संविधानको धारा १०० बमोजिम विश्वासको मत लिन चाहेका थिए । तर धारा १०० को १ मा ‘प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्न सक्ने भनि प्रष्टरुपमा उल्लेख गरेको छ ।

सोही धाराको उपधारा ३ मा विश्वासको मत लिने प्रस्ताव ‘प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने’ उल्लेख छ । संविधानको सोही प्रावधान अनुसार प्रधानमन्त्री ओली पदमुक्त भएका छन् । अब नयाँ सरकार गठन नहुँदासम्म ओली नेतृत्वको मन्त्रिपरिषद्ले काम चलाउ सरकारको रूपमा काम गर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);