प्रधानमन्त्री देउवाले पाए विश्वासको मत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री देउवाले राखेको विश्वासको मत लिने प्रस्तावको पक्षमा १ सय ६५ र विपक्षमा ८३ मत पाएका छन् ।

देउवाले विश्वासको मत प्राप्त गर्नका लागि कम्तीमा एक सय ३६ मत आवश्यकता थियो ।

निर्वतमान प्रधानमन्त्री एवंम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपपछि विपक्षी गठबन्धनले सर्वोच्चमा रिट दायर गरेको थियो । उक्त रिटको फैसला गर्दै सर्वोच्चले असार २८ गते प्रतिनिधिसभा पुनस्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।

उक्त फैसलापश्चात राष्ट्रपति बिद्यादेबी भण्डारीले संविधानको धारा ७६को उपधारा ५ बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

संविधानको धारा ७६को उपधारा ५ बमोजिम नवनियुक्त प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिने कानुनी प्रावधान रहेको छ। सोही प्रावधानअनुसार देउवाले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् ।

प्रतिनिधि सभाको अर्को बैठक साउन ८ गतेको लागि बोलाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);