प्रतिनिधिसभा पुनस्थापनापछिको पहिलो बैठक सुरु, आजै प्रधानमन्त्री देउवाले विश्वासको मत लिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रतिनिधिसभा पुनस्थापनापछिको पहिलो बैठक सुरु, आजै प्रधानमन्त्री देउवाले विश्वासको मत लिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

दोश्रो पटक पुनस्थापना भएको प्रतिनिधिसभा बैठक पुनस्थापना पछि आह्वान भएको पहिलो बैठक सुरु भएको हो ।

गएको जेठ ७ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोश्रो पटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसपछि गएको असार २८ गते सर्वोच्च अदालतले दोश्रोपटक प्रतिनिधिसभा पुनस्थापनाको निर्णय गर्दै ७ दिन भित्र बैठक आह्वान गर्न आदेश दिएको थियो ।

सोही आदेश अनुसार पनस्थापित प्रतिनिधिसभाको आज बैठक बस्न लागेको हो ।

आइतबार प्रतिनिधि सभाको दुईवटा बैठक बस्ने छ । पहिलो बैठकले राष्ट्रपति कार्यालयबाट आएका पत्रहरु प्रस्तुत गरिने, सरकारले ल्याएका अध्यादेशहरु प्रस्तुत गरिने तथा शोकप्रस्तावहरु पारित गरिने सभामुख सापकोटाले जानकारी दिएका छन् ।

त्यसैगरी आजै बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची तय गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);