फागुन २३ मा संसद् बैठक बोलाउने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

फागुन २३ मा संसद् बैठक बोलाउने सरकारको निर्णय

pratinidhi sava

काठमाडौं, १४ फागुन । सरकारले फागुन २३ गते प्रतिनिधिसभा बैठक आह्वान गर्ने निर्णय गरेको छ ।

शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ मा प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा पुनस्र्थापनापछि पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले संसद् बैठकको आह्वानका लागि सिफारिसको निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठक बस्नुअघि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बैठक आह्वान गर्ने सम्बन्धमा शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग छलफल गर्नुभएको थियो ।

पुस ५ गते विघटन भएको प्रतिनिधिसभालाई फागुन ११ गते सर्वोच्च अदालतले पुनस्र्थापना गर्दै १३ दिनभित्र पहिलो बैठक बोलाउन परआदेश दिएको थियो । सरकारले सोही आदेशको पालना गर्दै बैठक बोलाउने निर्णय गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);