मुलुकले पूर्व मन्त्री रविन्द्र अधिकारी गुमाएको दुई वर्ष पूरा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मुलुकले पूर्व मन्त्री रविन्द्र अधिकारी गुमाएको दुई वर्ष पूरा

पोखरा, फागुन १५ । पूर्व मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको आज दुई वर्ष पूरा भएको छ । अधिकारीको स्मृति दिवसको अवसरमा शनिबार विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । पोखरा महानगरपालिका वडा नं १८, मेथ्लाङको राष्ट्रिय विभूति पार्क ग्यरजातीमा शनिबार दिउँसो ४ः३० बजे दीप प्रज्वलन कार्यक्रम छ ।

आइतबार पोखरा –२० भलाममा रहेको हरिहर गुफा सन्यास आश्रममा सहयोग हस्तान्तरण कार्यक्रम रहेको छ भने फागुन २१ गते नेपाल प्रज्ञाप्रतिष्ठान कमलादी काठमाडौंमा लोकापर्ण कार्यक्रम समेत तय गरिएको छ ।

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको ताप्लेजुङको सिस्नेभीरमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको आज दुई वर्ष पूरा भएको छ । पाथीभरा मन्दिरको दर्शन गरेर फर्कने क्रममा मन्त्री सवार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको थियो । २०७५ सालमा पाथीभरा दर्शन गरेर फर्कने क्रममा फागुन –१५ गते मन्त्री अधिकारी र चालक दल सहित ७ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो ।

मन्त्री अधिकारी सहित हेलिकप्टरमा हवाई सेवा यति एयरलाइन्सका मालिक आङ छिरिङ शेर्पा, प्रधानमन्त्री कार्यालयमा कार्यरत उपसचिव युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख ध्रुवदाश बजिमय, मन्त्री अधिकारीका सुरक्षागार्ड अर्जुन घिमिरेको पनि निधन भएको थियो ।

२०२६ साल बैशाख २२ गते कास्कीको भरत पोखरीमा जन्मेका अधिकारीको २०७५ सालमा मृत्यु भएको हो । २०७४ साल फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठनभए लगत्तै अधिकारीलाई पर्यटन मन्त्री बनेका थिए । अधिकारीले विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र राष्ट्रिय युनियनबाट राजनीति सुरु गरेका थिए । उनले संविधानसभाको दुबै पटकको निर्वाचनमा कास्की क्षेत्र नं न ३ बाट विजयी भएका थिए भने २०७५ मा भएको प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नं २ बाट सांसद निर्वाचित भएको थिए । उनको मृत्यु पश्चात सो क्षेत्रबाट उनकी धर्मपत्नी विद्या भट्टराईले उपनिर्वाचनमा मत अन्तरले विजयी भईन् ।

अधिकारी २०५६ सालमा अनेरास्वियुको अध्यक्ष तथा २०६० र २०६३ मा नेकपा एमाले कास्कीको जिल्ला सचिवमा निर्वाचित भएका थिए । उनले लेखेका लोकतन्त्र र पुनर्संरचना तथा समृद्द नेपाल गरी दुई पुस्तक प्रकाशित छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);