मन्त्री अधिकारीको श्रद्धाञ्जली कार्यक्रम शुक्रबार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मन्त्री अधिकारीको श्रद्धाञ्जली कार्यक्रम शुक्रबार

काठमाडौं, १६ फागुन । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहितको ७ जनाको डिएनए परीक्षण शिक्षण अस्पतालमा हुँदै छ । डिएनए परीक्षणमा समय लाग्ने भएपछि आज टुंडिखेलमा गर्ने भनिएको श्रद्धाञ्जली कार्यक्रम भोलि  अर्थात शुक्रबार विहान ८ बजेदेखि ११ बजेसम्मका लागि सारिएको छ ।

यसअघि टुँडिखेलमा श्रद्धाञ्जली दिएपछि ती सबै शव अन्त्यष्टिका लागि आफन्तलाई बुझाइने कार्यक्रम रहेको थियो ।

तेह्रथुमका चिहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौं फर्किने क्रममा बुधबार ताप्लेजुङको तारेभीरमा हेलिप्कोटर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी मन्त्री अधिकारी, यति एयरलाईन्सका प्रबन्ध निर्देशक, आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका अंग रक्षक अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

निधन भएका मन्त्री अधिकारीसहित सातै जनाको सम्मानमा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);