मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि, छोरा र श्रीमतीले दिए दागबत्ती | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि, छोरा र श्रीमतीले दिए दागबत्ती

mantri adhikariko antosti

पोखरा, १७ फागुन ।  हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको गृहनगर पोखरामा अन्त्येष्टि गरिएको छ । गत बुधवार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी मन्त्री अधिकारी सहित ७ जनाको निधन भएको थियो ।

मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । पोखराको रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिएका थिए ।

अधिकारीको शव शुक्रवारै काठमाडौंबाट पोखरा लगिएको थियो । पोखराको प्रदर्शनीस्थलमा श्रद्धाञ्जलीपछि रामघाटसम्म शवयात्रा गरिएको थियो । नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्मको शवयात्रामा सयौं सर्वसाधारण सहभागी भएका थिए ।

यसैबीच दुर्घटनामा परी निधन भएका ५ जनाको पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका पाईलट प्रभाकर केसी र दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरेको शुक्रबार दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो ।

त्यसैगरी अर्का पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको शव पनि परिवारलाई बुझाइएको छ । शुक्रबार विहान मन्त्री अधिकारीसहित सबैको शवलाई श्रद्धाञ्जलीका लागि काठमाडौंको टुँडिखेलमा राखिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);