दिवंगत मन्त्री अधिकारीको निधनबाट मुलुकलाई अपुरणीय क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

दिवंगत मन्त्री अधिकारीको निधनबाट मुलुकलाई अपुरणीय क्षति

rabindra-adhikari

काठमाडाैं, १७ फागुन । राजनीतिक दलका नेताहरुले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको निधनबाट मुलुकलाई अपुरणीय क्षेति पुगेका बताएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले मन्त्री अधिकारीको निधनबाट मुलुकले एउटा समक्ष नेता र प्रतिभाशाली सांसद गुमाएको प्रतिक्रिया दिए ।

शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ बोल्दै उनले मन्त्री अधिकारीले संसदमा विकास समितिको सभापतिको रुपमा खेलेको प्रभावकारी भूमिकाको उनले स्मरण गरे ।

त्यसैगरी पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकलाई समृद्धिको अभियानमा अघि बढाउन आशा गरिएका नेता अधिकारीको निधन भएकोमा आफू दुःखित भएको बताए । उनले मन्त्री अधिकारीले मन्त्री र सांसदको रुपमा खेलेको भूमिकाको नेपालको इतिहासले सधैं स्मरण गरिरहने बताए ।

राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले मन्त्री अधिकारीलाई युवा पुस्ताको मार्गदर्शक नेताको रुपमा चित्रण गरे । उनले अधिकारीको निधनबाट मुलुकले भरोसायोग्य नेता गुमाएको बताए । नेता कर्णले मन्त्री अधिकारीको असमायिक निधनले मुलुकलाई ठूलो क्षति पु-याएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);