सरकारले प्रेस जगतलाई कमजोर पार्न खोजेको देउवाको आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

सरकारले प्रेस जगतलाई कमजोर पार्न खोजेको देउवाको आरोप

कञ्चनपुर, १७ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सञ्चार जगतलाई कमजोर पार्नेगरी सरकारले ल्याएको सूचना प्रबिधि बिधेयक कांग्रेसलाई मान्य नहुने बताएका छन् ।

शुक्रवार नेपाल प्रेस यूनियन कञ्चनपुरको पाँचौ जिल्ला अधिवेशलाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले बर्तमान सरकार प्रेस बिरोधी भएको आरोप लगाए । उनले सरकारले प्रेस स्वतन्त्रतालाई कमजोर गर्ने गरी सरकारले ल्याएको सूचना प्रविधि सम्बन्धी विधेयकलाई काँग्रेसले नमान्ने चेतावी दिए ।

सभापति देउवाले प्रजातन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका परिपुरक रहेको भन्दै बर्तमान सरकारले प्रेस जगतलाई आक्रमण गर्न खोजेको आरोप लगाए । उनले बर्तमान सरकार असहिष्णु र आलोचना सुन्न नसक्ने भएको समेत टिप्पणी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);