वर्तमान सरकारले लोकतन्त्र मास्न खोजेको देउवाको आरोप | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

वर्तमान सरकारले लोकतन्त्र मास्न खोजेको देउवाको आरोप

sher bahadur deuwa

काठमाडौं, १५ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बर्तमान कम्युनिष्ट नेतृत्वको सरकारले लोकतन्त्र र गणतन्त्र मास्न खोजेको आरोप लगाउनु भएको छ ।

१२ औँ गणतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेसले राजधानीको शान्ति बाटिकामा आयोजना गरेको एक कार्यक्रममा सभापति देउवाले प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिन खोजेर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेको आरोप लगाउनुभएको हो । उहाँले लोकतन्त्रको रक्षाका लागि फेरी लडनुपर्ने अवस्था आउन सक्ने भन्दै त्यसका लागि तयारी अवस्थामा रहन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभयो ।

सभापति देउवाले लोकतन्त्रका लागि फेरी संघर्ष गर्न नपरोस् भनेर आफ्नो पार्टीले राजतन्त्रको अन्त्य गर्ने कामको अगुवाई गरेको पनि स्मरण गराउनु भयो । उहाँले ठूलो लडाई, त्याग र तपस्याको प्रतिफल प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरेर अघि बढने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);