सरकारले मेलमिलाप र राष्ट्रिय एकता नचाहेको देउवाको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सरकारले मेलमिलाप र राष्ट्रिय एकता नचाहेको देउवाको आरोप

deuba

काठमाडौं, १६ पुस । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राष्ट्रिय एकता र मेलमिलाप नचाहेको आरोप लगाएका छन् ।

सभापति देउवाले सरकार एकलौटी ढंगले अघि बढिरहेको उल्लेख गर्दै त्यसविरुद्ध आन्दोलनमा जाने चेतावनी दिए । ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले कर्मंचारी तन्त्रलाई समेत पार्टीको नियन्त्रणमा राख्न खोजेको दावी गर्दै त्यसविरुद्ध आफ्नो पार्टी संघर्ष गर्न बाध्य हुने उल्लेख गरे ।

सरकारले नेपाली सेना र प्रहरीलाई पनि पार्टीकरण गर्न खोजेको देउवाको आरोप छ । सभापति देउवाले मुलुकमा विपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे । सभापति देउवाले प्रजातन्त्रका लागि काँग्रेसले कसैसँग सम्झौता नगर्ने बताए ।

यसै कार्यक्रममा बोल्दै काँग्रेस युवा नेता गगन थापाले काँग्रेस नेतृत्वको सरकारले जारी गरेको संविधानको सार्थक कार्यान्वयन गर्ने दायित्व काँग्रेसको भएको उल्लेख गर्दै त्यसका निम्ति जिम्मेवार भएर अघि बढ्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराए ।

उनले कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारसँग प्रजातान्त्रिक मूल्य, मान्यता र संस्कार नरहेको आरोप लगाए । नेता थापाले विपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति संविधानको सार्थक कार्यान्वयनका निम्ति पनि उपयोगी हुने विश्वास व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);