आफूले प्राप्त गरेको शिक्षालाई व्यवहारमा उतार्न प्रधानमन्त्रीको सुझाव | ईमाउण्टेन समाचार

Our Network

साउन १६ २०८३, आइतबार

आफूले प्राप्त गरेको शिक्षालाई व्यवहारमा उतार्न प्रधानमन्त्रीको सुझाव

kp-oli

काठमाडौं, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले प्राप्त गरेको शिक्षालाई व्यवहारमा उतार्न सम्पुर्ण विद्यार्थीलाई सुझाव दिएका छन् । त्रिभुवन विश्वविद्यालयको ४४ आैं दीक्षान्त समारोहका अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले शिक्षा जीवन उपयोगी बन्नुपर्ने भन्दै प्राप्त शिक्षालाई व्यवहारमा उतार्नुपर्ने बताए ।

विभिन्न संकायबाट दीक्षित भएका विद्यार्थीलाई उनले प्रमाणपत्र लिएर मात्रै नबस्न आग्रह गरे । आफुले पाएको शिक्षालाई वास्तविक जीवनमा उतार्न उनले सुझाव दिए ।

प्रधानमन्त्री ओलीले आगामी शैक्षिक सत्रमा स्कुल जाने कोही पनि बालबालिका विद्यालय बाहिर नरहने दाबी गरे । सरकारले यसै बर्षमा सबै बालबालिकालाई विद्यालय पुर्याउने प्रयास गरेको भएपनि केही बालबालिका अझै पनि विद्यालय बाहिरै रहेकाले आगामी बर्ष त्यो लक्ष्य पुरा हुने प्रधानमन्त्रीको दावी छ । उनले विश्वविद्यालयलाई सिद्धान्त घोकाउने पाठशाला मात्रै नभई जीवन उपयोगी पाठशाला बनाउनुपर्नेमा जोड दिए ।