स्थानीय तहले पनि राष्ट्रिय शिक्षा नीतिलाई अनुसरण गर्नुपर्छ : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

साउन १७ २०८३, सोमबार

स्थानीय तहले पनि राष्ट्रिय शिक्षा नीतिलाई अनुसरण गर्नुपर्छ : प्रम ओली

kp-oli

काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपीशर्मा ओलीले स्थानीय तहले पनि राष्ट्रिय शिक्षा नीति अनुरुप कै नीति तय गर्नुपर्ने बताएका छन् । उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले आज बुढानिलकण्ठमा आयोजना गरेको राष्ट्रिय शिक्षा सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका छन् ।

‘अहिले शिक्षाको नीति नियम बनाउने कुरा प्रदेश र स्थानीय तहलाई पनि दिइएको छ । तर यी निकायले पनि राष्ट्रिय शिक्षा नीतिको अनुसरण गर्नु पर्दछ ‘ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले नेपालमा अझै पनि धेरै बालबालिका विद्यालय बाहिर रहेको बताउँदै उनीहरुलाई विद्यालय भर्ना गराउन सरकार प्रयासरत भएको बताए । ‘यस बर्ष हामीले कर्णालीबाट विद्यालय भर्ना अभियान सुरु ग-यौं’ प्रधानमन्त्री ओलीले भने ‘आगामी बर्षभित्र विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर रहँनु हुँदैन ।’

नेपालीहरु विद्वान पूर्खाका सन्तान भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विद्यार्थीले आफ्नो रुची अनुसारको अध्ययन गर्ने अवसर नपाउँदा पछि परेको बताए । उनले भने, ‘महंगो शुल्क लिएर पढाइ रहेका निजी विद्यालयहरुलाई पनि म भन्न चाहन्छु पैसाको लोभमा विद्यार्थीको रुचीलाई नमार्नुहोस’ । नेपाललाई विकासमा नेतृत्व गर्न सक्ने जनशक्ति आवश्यक परेकोले त्यसै अनुसारका विषयहरु छनौट गरेर पठन पाठन हुनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।