विद्यालयभन्दा बाहिर रहेका बालबालिका लक्षित भर्ना महाअभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विद्यालयभन्दा बाहिर रहेका बालबालिका लक्षित भर्ना महाअभियान सुरु

oli bharna abhiyan

काठमाडौं, २ बैशाख । विद्यालय बाहिर रहेका बालबालिकालाई कक्षा कोठामा ल्याउन विद्यार्थी भर्ना महाअभियान सुरु गरिएको छ । शिक्षा मन्त्रालयले मन्त्रीपरिषद्बाट निर्णय गराएर विद्यार्थी भर्ना महाअभियान सुरु गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा एक बालकलाई पुस्तक वितरण गरेर उद्घाटन गरेको महाअभियान औपचारिकरुपमा आज सुरु भएको हो । अभियान अन्तर्गत सरकारी शिक्षकहरुले घर घरमा पुगेर बालबालिकालाई भर्ना गर्ने शिक्षा मन्त्रालयले जनाएको छ ।

सामुदायिक विद्यालयमा भर्ना गरिने विद्यालयलाई पुस्तक र पोशाक पनि उपलब्ध गराइने छ । अभियानका लागि हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा भन्ने नारा तय गरिएको छ । मन्त्रिपरिषद्ले केही दिन पहिले सांसद, कर्मचारी र विभिन्न पेशाकर्मीसँग विपन्न बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न आग्रह गरेको थियो ।

प्रधानमन्त्री ओलीले मुगुको मुगुम कार्मारोग गाउँपालिका–८ का ६ वर्षीया थिल्ने तामाङको अभिभावकत्व ग्रहण गरेका छन् । प्रधानमन्त्री ओलीले थिल्नेलाई मुगुको बुद्ध मावि मांग्रीमा भर्ना गरिदिएर अभिभावकत्व ग्रहण गरेका हुन् ।

शिक्षा मन्त्रालयका अनुसार करिब ४ लाख बालबालिका अझै पनि विद्यालयको पहुँचबाट वाहिर छन् । सर्लाही, धनुषा, रौतहट, पर्सा, बारा, कपिलवस्तु, मोरङ, सुनसरी, रूपन्देही, सप्तरी, सिरहा, महोत्तरी र बाँकेमा विद्यालय वाहिर रहेका बालबालिका धेरै रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले २०६१ सालदेखि भर्ना अभियान सञ्चालन गर्दै आएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);