बालबालिकालाई विद्यालयमा ल्याउन आजबाट भर्ना अभियान सुरू | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

बालबालिकालाई विद्यालयमा ल्याउन आजबाट भर्ना अभियान सुरू

फूलमाया आले

काठमाडौं २ चैत । विद्यालय बाहिर रहेका बालबालिकालाई कक्षा कोठामा ल्याउने उद्धेश्यसहित सरकारले यस बर्ष पनि विद्यार्थी भर्ना महाअभियान सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा एक बालकलाई पुस्तक वितरण गरेर भर्ना अभियान उद्घाटन गरेको महाअभियान औपचारिक रुपमा आजबाठ सुरु भएको हो ।

विद्यालय भर्ना हुने उमेर पूरा भएका तर विविध कारणले पढ्न नपाएका बालबालिकालाई विद्यालय भित्र ल्याउन एक बच्चाको भर्ना मेरो दायित्व, पहुँचको सुनिश्चितता र सिकाईमा स्थायित्व भन्ने नाराका साथ भर्ना अभियान सुरु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको मुगुम कार्मारोग गाउँपालिका–८ का ६ वर्षीया थिल्ने तामाङको अभिभावकत्व ग्रहण गरी मुगुको बुद्ध मावि मांग्रीमा भर्ना गरिदिएर भर्ना अभियानको सुरुवात गरेका हुन् ।

शिक्षा विभागको तथ्यांक अनुसार अहिले पनि मुलुकभर चार लाख भन्दा बढी बालबालिका बिद्यालयको पहुँच बाहिर छन् । यीमध्ये प्राथमिक तहमा भर्ना हुने उमेर पुगेका ८८ हजार भन्दा बढी छन् ।

सरकारले बैशाख ५ गते विद्यार्थी भर्ना तथा पाठयपुस्तक वितरण दिवस नै मनाउने भएको छ । बैशाखदेखि असारसम्मको मन्त्रालयको कार्ययोजना सार्वजनिक गर्न आईतबार आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अभियानलाई सफल बनाउन सबैलाई साथ दिन आग्रह गरे ।

मन्त्री पोखरेलले भर्ना गरिएको बालबालिकालाई विद्यालय तहमा पढाउने जिम्मेवारी राज्यले लिने घोषणा गरे । उनले विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा ल्याउने राज्यको दायित्व पूरा गर्न एक वर्ष भित्र अनिवार्य शिक्षा ऐन ल्याउन लागिएको स्पष्ट पारे ।

विक्रम संवत २०६१ सालमा शिक्षा मन्त्रालयले भर्ना अभियान सञ्चालन गर्दा प्राथमिक तहको खुद भर्ना दर ८० प्रतिशत थियो । यस वर्ष भने मन्त्रिपरिषदबाट निर्णय नै गराएर प्रधानमन्त्री स्वयमले भर्ना अभियान सुरु गरेका छन् ।

१३ वर्षको अवधिमा सञ्चालन गरिएको भर्ना अभियानबाट थप १७ प्रतिशत बालबालिका विद्यालय प्रवेश गरेको मन्त्रालयको दाबी छ । तर, ती बालबालिकामध्ये कति प्रतिशत विद्यालयमा टिकिरहेका छन् भन्ने यकिन तथ्यांक भने छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);