राष्ट्रिय आर्थिक गणना कार्यक्रमलाई सफल बनाउन आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रिय आर्थिक गणना कार्यक्रमलाई सफल बनाउन आह्वान

kendriya tathyank bibhag

काठमाडौं, २ वैशाख । सरकारले राष्ट्रिय आर्थिक गणना कार्यक्रमलाई सफल बनाउन सबैमा अपिल गरेको छ । केन्द्रिय तथ्यांक विभागले प्रथम राष्ट्रिय आर्थिक गणना कार्यक्रमलाई सफल बनाउन सबैमा आह्वान गरेको हो । सरकारले पहिलो पटक नेपालमा आर्थिक गणना अभियान कार्यक्रम सुरु गरेको छ । मुलुकको समग्र आर्थिक विषयबस्तुहरुको एकै समयको तथ्यपरक विस्तृत सूचना तयार पार्न आर्थिक गणना अभियान सुरु गरिएको विभागमा महानिर्देशक सुमनराज अर्यालले स्पष्ट पारे ।

आर्थिक सर्वेक्षण हुने गरेको भएपनि आर्थिक विषयको विस्तृत सूचनाको अभाव रहेकाले यस वर्षबाट त्यसलाई पूर्ति गर्न आर्थिक गणना सुरु गरिएको उनले बताए । बैशाख १ गते नयाँ वर्षको अवसर पारेर सुरु गरिएको आर्थिक गणना जेष्ठ ३१ गतेसम्म हुनेछ । आर्थिक गणनाले आर्थिक नीति बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने महानिर्देशक अर्यालले बताए ।

मुलुकको नीति निर्माणमा यो गणनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभागले जनाएको छ । मुलुकमा भएको आर्थिक गतिविधि, लगानी र त्यसले दिएको प्रतिफलको गणनाले बस्तुनिष्ट सूचना हुने पनि महानिर्देशक अर्यालले बताए ।

नेपालमा औंपचारिक रुपमा तथ्यांक संकलन गर्न सुरु गरिएको करिव १ सय १० वर्ष भयो । विगतका अनुभवको आधारमा अव भरपर्दो तथ्यांक संलकन गर्न आर्थिक गणना सुरु गर्न लागिएको विभागले जनाएको छ ।

गणनालाई सफल बनाउन विभागले जिल्ला आर्थिक गणना कार्यालयहरु स्थापना गर्न टोलीहरु परिचालन गरिसकेको छ । विभागबाट आर्थिक गणनाका विवरणहरु संकलन गर्न प्रत्येक घरदैलो वा प्रतिष्ठान व्यवसाय स्थलमा गणकहरु पठाउने व्यवस्था गरिएको छ । गणकहरुलाई सही र यथार्थ विवरण उपलव्ध गराउन पनि सम्बन्धित निकायलाई विभागले आह्वान गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);