देशैभर विद्यार्थी भर्ना अभियान शुरु, अझै ९१ हजार बालबालिका विद्यालय बाहिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

देशैभर विद्यार्थी भर्ना अभियान शुरु, अझै ९१ हजार बालबालिका विद्यालय बाहिर

school-education

काठमाडौं, २ बैशाख । सोमबारदेखि विद्यार्थी भर्ना अभियान सुरु भएको छ । हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु-याउँ भन्ने नाराका साथ देशभर एकैसाथ भर्ना अभियान सुरु भएको हो । अभियान अन्तर्गत सोमबारदेखि ७ सय ५३ स्थानीय तहमै घरदैलो अभियान गरिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

गएको वर्षजस्तो यो वर्ष विद्यार्थी भर्ना अभियानको ठूलो तामझाम छैन । सोमवारबाट देशैभर विद्यार्थी भर्ना अभियान प्रारम्भ गरिएपनि काठमाडौंका विद्यालयमा भने खास तामझाम केही पनि देखिएको छैन ।

गत बर्ष प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतले कर्णाली रारा पर्यटन वर्ष २०७५को उद्घाटनका क्रममा मुगु पुगेका दुई बालबालिकालाई विद्यालय भर्ना गरेका थिए । यसको सकारात्मक प्रभावपछि सबैजसो मन्त्री, मुख्यमन्त्री, प्रदेशका मन्त्री, जनप्रतिनिधि, अभिभावक र शिक्षकले समेत अभिभावकत्व ग्रहण गरेर विद्यार्थी भर्ना गराएका थिए ।

तर, आफैले भर्ना गरेका विद्यार्थीलाई पछि बेवास्ता र विद्यालयको गुणस्तरबारे चासो नराखेपछि यसको आलोचना समेत भएको थियो । सरकार, राजनीतिक दल, जनप्रतिनिधि सबैको सहयोगपछि विद्यालय बाहिर रहेका झण्डै तीन लाख बढी बालबालिकामध्ये दुई लाख भर्ना भएका थिए ।

तर, भर्ना अभियानमा मात्रै तामझाम देखाएको, सरकारी विद्यालयको गुणस्तर सुधारमा ध्यान नदिएको भन्दै प्रधानमन्त्री र शिक्षामन्त्रीकै आलोचना भएको थियो । यसैको कारण नभनिए पनि यस वर्ष गएको वर्ष जस्तो तामझाम भने गरिएको छैन ।

अधिकांश विद्यालय भने सुनसान नै देखिएको छ भने धेरै विद्यालयले आफ्नै विद्यालयको नियम अनुसार प्रवेश परिक्षा लिएर भर्ना अभियान सुरु गरिरहेका छन् ।

विद्यालय भर्ना अभियान प्रारम्भ भएकै दिन मुलुककै जेठो बिद्यायलय दरबारहाइ स्कुलले पनि भर्ना अभियानमा २ जना बिद्यार्थीलाइ भर्ना गरेर खाता खोलेको छ । त्यस्तै शहिद स्मारक पद्यमोदय बिद्यालय लगायतका बिद्यालयले पनि भर्ना खुलाएर धमाधम विधार्थी भर्ना लिन थालेका छन ।

सोमवारबाट विधालय भर्ना अभियान सञ्चालन भएपनि अधिकांश विद्यालय भने सुनसान देखिन्थे । वैशाख २ गते देखि १४ गतेसम्म चल्ने अभियानमा संस्थागत र सामुदायिक दुबै तर्फ करीब १० लाख विद्यार्थी विद्यालयमा भर्ना हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवश्रोत विकास केन्द्रले विद्यालय बाहिर रहेका ९१ हजार बालबालिकालाई भर्ना अभियानमार्फत विद्यालय भर्ना गरिने जनाएको छ । गत वर्ष ६० हजार बढी बालबालिका विद्यालय बाहिर रहेकामा यो बर्ष बढेर ९१ हजार बालबालिका विद्यालय बाहिर पुगेको सरकारी तथ्यांकले देखाएको छ । विद्यालय जान सक्ने उमेर समूहका बालबालिकालाई विद्यालय भर्ना गराउने उदेश्यका साथ हरेक वर्ष सरकारले भर्ना अभियान सञ्चालन गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);