बैशाख ५ गते विद्यार्थी भर्ना तथा पाठयपुस्तक वितरण दिवस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बैशाख ५ गते विद्यार्थी भर्ना तथा पाठयपुस्तक वितरण दिवस

Girirajmani Pokhrel

काठमाडौं, २ वैशाख । सरकारले बैशाख ५ गते विद्यार्थी भर्ना तथा पाठयपुस्तक वितरण दिवस मनाउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आगामी ५ गते बुधबार विद्यार्थी भर्ना तथा पाठयपुस्तक वितरण अभियानलाई सफल बनाउनेगरी दिवसको रुपमा मनाउने तयारी गरिएको बताए ।

बैशाखदेखि असारसम्मको मन्त्रालयको कार्ययोजना सार्वजनिक गर्न आईतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनँले अभियानलाई सफल बनाउन सबैलाई साथ दिन आग्रह गरेका छन् । मन्त्री पोखरेलले भर्ना गरिएको बालबालिकालाई विद्यालय तहमा पढाउने जिम्मेवारी राज्यले लिने घोषणा गरे ।

मन्त्री पोखरेलले विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा ल्याउने राज्यको दायित्व पूरा गर्न एक वर्ष भित्र अनिवार्य शिक्षा ऐन ल्याउन लागिएको स्पष्ट पारे ।

सरकारले विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा ल्याउन आजबाट भर्ना अभियान सञ्चालनमा ल्याएको छ । भर्ना अभियानलाई सफल बनाउन सरकारले स्वेच्छिक अभिभावकत्व ग्रहण गर्दै भर्ना अभियानमा साथ दिन सबै जनप्रतिनिधिहरु र उनीहरुमार्फत् नागरिक समाजका अगुवाहरुलार्इ समेत आग्रह गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);