‘विद्यार्थी भर्ना अभियान’मा साथ दिन कलाकारलाई मन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

‘विद्यार्थी भर्ना अभियान’मा साथ दिन कलाकारलाई मन्त्रीको आग्रह

girirajman pokhrel

काठमाडौं, ३० चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान’ मा साथ दिन कलाकारहरुलाई आग्रह गरका छन् ।

मन्त्री पोखरेलले शुक्रबार काठमाडौंमा राष्ट्रियस्तरका कलाकारहरुसँग सामूहिक भेटगरी ‘विद्यालय भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान’ मा साथ दिन आग्रह गरेका हुन् । सरकारले आगामी बैशाख २ गतेबाट यो अभियान देशभर सञ्चालन गर्दैछ ।

मन्त्री पोखरेलले स्वयम्सेवी अभिभावकत्व ग्रहण गर्दै एक जना विद्यार्थी भर्ना गरि दिने अभियानमा पनि साथ दिन कलाकारहरुको ध्यानाकर्षण गराए ।

सबै बालबालिकालाई विद्यालयमा ल्याउने वातावरण सुनिश्चित गराउन सरकारले विद्यालय भर्ना तथा पाठयपुस्तक वितरण अभियानलाई देशभर सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्री पोखरेलले विद्यालय भर्ना अभियानलाई सफल बनाउन समाजका सबै क्षेत्रको उत्तिकै साथ र सहयोगको आवश्यक्ता रहेको बताए ।

सरकारले ‘सबैका लागि शिक्षा कार्यक्रम’ अन्तरगत विविध अभियान सञ्चालन गरेपनि अझै पनि ५ देखि ९ वर्ष उमेर समूहका २ दशमलव ८ प्रतिशत बालबालिकाहरु विद्यालय बाहिर नै रहेको सरकारी तथ्यांक छ ।

विद्यालय तहको शैक्षिक तथ्यांक, २०७४ अनुसार सर्लाही, धनुषा, रौतहट, पर्सा, बारा, कपिलबस्त ुलगायतका तराईका जिल्लाहरुमा तुलनात्मक रुपमा धेरै बालबालिकाहरु विद्यालय बाहिर रहेको अवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);