लुक्ला विमान दुर्घटनाबारे छानबिन गर्न समिति गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

लुक्ला विमान दुर्घटनाबारे छानबिन गर्न समिति गठन

airplane accident

काठमाडौं, २ बैशाख । सरकारले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा आइतवार भएको विमान दुर्घटनाबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ । विमान दुर्घटनाको छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा समिति गठन गरेको हो ।

समितिमा नेपाल वायुसेवा निगमका इञ्जिनीयर राजेश श्रेष्ठ र सीता एयरका पाइलट रवीन्द्र डंगोल सदस्य र सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

आइतवार सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित लुक्ला विमानस्थलमा समिट एयरको ‘नाइन एन एएमएच’ कलसाइन विमान दुर्घटना भएको थियो । दुर्घटनामा जहाजका कोपाइलट सुजित ढुंगाना र विमानस्थलमा कार्यरत पर्यटक प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको थियो भने विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको काठमाडौं ल्याइएपछि उपचारका क्रममा मृत्यु भएको थियो ।

आइतबार जहाज काठमाडौंतर्फ उड्ने क्रममा पार्किङ गरेर राखिएको मनाङ एयरको ‘नाइनएन एएलसी’ कल साइन हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);