बारामा प्रहरी र स्थानीयबीच भएको झडपको बारेमा सत्यतथ्य छानबिन गर्न समिति गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

बारामा प्रहरी र स्थानीयबीच भएको झडपको बारेमा सत्यतथ्य छानबिन गर्न समिति गठन

बारा, १४ कार्तिक । बारामा प्रहरी र स्थानीयबीच भएको झडपको बारेमा सत्यतथ्य छानबिन गर्न समिति गठन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले घटनाबारे छानबिन गर्न प्रशासकीय अधिकृत सुरेन्द्र यादवको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक सुरेन्द्र यादव, सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका सशस्त्र प्रहरी निरीक्षक राजेश्वर साह र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाराका बरिष्ठ अनुसन्धान सहायक शोभाकान्त चौधरी सदस्य हुनुहुन्छ ।

समितिलाई सत्यतथ्य बुझेर ७ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी जिम्मेवारी दिइएको जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको सूचनामा उल्लेख छ । झडपमा परी तीन जना प्रहरी र एकजना १४ वर्षीय बालक घाइते भएका थिए ।

भारतबाट भन्सार छली गरी ल्याएको भन्दै प्रहरीले तीन वटा मोटरसाइकल र ७ बोरा प्याज कात्तिक १२ गते बरामद गरेको थियो । बरामद गरेको प्याज र प्याज बोक्न प्रयोग भएका तीन वटा मोटरसाइकल प्रहरीले इलाका प्रहरी कार्यालयमा राखेको थियो ।

बरामद भएका मोटरसाइकल र प्याज लिन जिल्ला प्रहरी कार्यालयबाट गाडी गएको थियो । प्याज गाडीमा लोड गरेर जिल्ला प्रहरी कार्यालय बारा ल्याउने क्रममा स्थानीयले गाडी रोकेर ढुंगामुढा गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);