आज कोजाग्रत पूर्णिमा, महालक्ष्मीको पूजा अर्चना गरी वडादशैंलाई विदाई गरिदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आज कोजाग्रत पूर्णिमा, महालक्ष्मीको पूजा अर्चना गरी वडादशैंलाई विदाई गरिदैं

काठमाडौं, १३ कर्तिक । आज कोजाग्रत पूर्णिमा, दसैंको टीका प्रसाद लगाउने कार्य सम्पन्न गरिँदै छ ।

कोजाग्रत पूर्णिमाका दिन बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ ।

शास्त्रनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै गर्ने परम्परा छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ ।

कोजाग्रत पूर्णिमाको साँझ महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिंँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । माता दुर्गाका तीन रुपमध्ये एक रुप महालक्ष्मीको पूजार गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ ।

दसैं र नवरात्र विजया दशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिन समाप्त हुन्छ । यस पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आजदेखि दसैँ पर्व सम्पन्न भई नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार शुरु भएको मानिन्छ ।

तिहारको स्वागतमा आकाशदीप बाल्ने गरिन्छ । कोजाग्रत पूर्णिमादेखि एक महिनासम्म साँझ घरघरमा बाँसको टुप्पोमा दियो बाल्ने र आँगनमा तुलसीको मठ सजाएर भगवान विष्णुको पूजाअर्चना गर्ने धार्मिक चलन छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);