बडादशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बडादशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

dashain

काठमाडौं, ७ कात्तिक । आज बडादशैंको अन्तिम दिन नवदुर्गा भवानीको टिका र समृद्धिको प्रतिक जमराको विसर्जन संगै यस बर्षको बडादशैं सकिदैछ ।

पश्चिम नेपालका केही जिल्लामा बिजयादशमीको दिन मात्र टिका लगाउने प्रचलन रहे पनि अन्य ठाउँमा पूर्णिमासम्म टिका लगाईने गरिन्छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)का दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।

आजको दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले राति पृथ्वीको भ्रमण गरी ’को जागेको छ ?’ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण आजको रात गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गर्दछन् ।

आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)का दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।आजको दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले राति पृथ्वीको भ्रमण गरी ’को जागेको छ ?’ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ ।

यही विश्वासका कारण आजको रात गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गर्दछन् । प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडादशैं आज कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा आराधना गरी विसर्जन गरिन्छ । दशैंको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दशैंघर र कोतहरूमा राखिएका जमरा आज विसर्जन गरिन्छ । कोजाग्रत पूणिमाका दिन राष्ट्रप्रमुखबाट भक्तपुर गछेंस्थित नवदुर्गा पीठमा पुजा अर्चना गरी यस वर्षको वडादशै समापन भएको जनाउ दिने प्रचलन रहेको छ ।

कोजाग्रत पूर्णिमाको भोलिदेखि आकाशदीप बाल्ने परम्परा रहेको छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने पनि गरिन्छ । कोजाग्रत पूर्णिमादेखि कात्तिक शुक्ल पूणिर्मासम्म अर्थात् एक महिनासम्म साँझ घरघरमा बाँसको टुप्पोमा दियो बाल्ने र आँगनमा तुलसीको मठ सजाएर भगवान विष्णुको पूजाअर्चना गर्ने धार्मिक प्रचलनअनुसार भोलिदेखि आकाशदीप बाल्ने र कात्तिक स्नान गर्ने गरिन्छ ।

तराईमा यस पर्वमा खास गरेर नवविवाहित मैथिल ब्राह्मण र कायस्थको घरमा ससुरालीबाट पानमखान सहितको पाहुर जाने गर्छ । यस क्रममा साला र भिनाजुबीचको पासा खेल रोचक हुने गर्छन । त्यस्तै कोजाग्रत पूर्णिमाको अवसरमा पोखराको प्रसिद्ध धार्मिक एवं पर्यटकीय महत्व बोकेको तालबाराही मन्दिरमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्छ । मनोरम फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा कोजाग्रत पूर्णिमाको अवसरमा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने एवं दुःखदर्द नास हुने विश्वासका साथ टाढाटाढाबाट समेत दर्शनार्थीहरू आउने गर्छन । यस दिनलाई शरद पूर्णिमा पनि भनिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);