नेपालीको औसत आयु ७३ वर्ष पुर्‍याउने लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपालीको औसत आयु ७३ वर्ष पुर्‍याउने लक्ष्य

aausat aayau

काठमाडौं, ७ कात्तिक । सरकारले २०७७ सालसम्म नेपालीको सरदर औसत आयु ७३ वर्ष पु¥याउने लक्ष्य राखेको छ ।

राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालीन खर्च प्रतिवेदनमा सो लक्ष्य निर्धारण गरिएको हो । हाल नेपालीको सरदर औसत आयु ७२ वर्ष रहेको छ । यसअघि २०७३ सालमा नेपालीको आयु ६९ वर्ष रहेको थियो । प्रतिवेदनले २०७७ सालसम्म मातृ मृत्युदर (प्रतिलाख जीवित जन्म) २३९ बाट १२५ मा झार्ने लक्ष्य लिएको छ ।

पाँच वर्षमुनिका बालमृत्यु (प्रतिहजार जीवित जन्म) ३९ बाट २६, नवजात शिशु मृत्युदर (प्रतिहजार जीवित जन्म) २३ बाट १७ जनामा झार्ने लक्ष्यसमेत निर्धारण गरिएको छ । पछिल्लो समय नवजात शिशु, बालस्वास्थ्य तथा मातृस्वास्थ्यका क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गरेका कारण आयुमा वृद्धि भएको हो । आजको राजधनी दैनिकमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);