विभिन्न कार्यक्रम गरी सुरक्षित मातृत्व दिवस मनाइयो | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

विभिन्न कार्यक्रम गरी सुरक्षित मातृत्व दिवस मनाइयो

matritwo diwas

फूलमाया आले
काठमाडौं, ३ बैशाख । सरकारले २०७५ सालभर सुरक्षित मातृत्व विशेष अभियान चलाउने भएको छ । सुरक्षित मातृत्व दिवसको अवसर पारेर सरकारले आजदेखि देशभर ३ महिने ४ वटा अभियान सूरु गरेको हो । सन २०३० सम्ममा मातृमृत्यु प्रतिलाख जीवित जन्ममा ७० भन्दा कम र नवजात शिशु मृत्यु प्रति एक हजारमा १२ भन्दा कममा झार्ने सरकारको लक्ष्य रहेको छ ।

‘सुरक्षित मातृत्व, हामी सबैको दायित्व’ भन्ने नाराका साथ यस बर्ष पनि देशभार विभिन्न जनचेतनामूलक कार्यक्रम गरी सरक्षित मातृत्व दिवस मनाइयो । साथै दिवसको अवसर पारेर सरकारले देशभार सुरक्षित मातृत्व अभियान सुरु गरेको छ ।

नेपालमा मातृशिशु स्वास्थ्यमा पछिल्ला वर्षमा राम्रो प्रगति भए पनि अझै वर्षेनी करीब ४१ प्रतिशत गर्भवतीले स्वास्थ्यकर्मीको सहयोगविना नै बच्चा जन्माउने गरेको सरकारी तथ्यांक छ । सरकारले सुरक्षित मातृत्व दिवसको अवसर पारेर महिलाहरुको पाठेघरको क्यान्सर र फिष्टुला रोगको निःशुल्क परीक्षण गर्ने घोषणासमेत गरेको छ ।

सरकारले गर्भवती महिलालाई चेकजाँचका लागि यातायात शुल्क प्रदान, निःशुल्क उपचार, सुत्केरी जाँचको व्यवस्था, नवजात शिशुलाई निःशुल्क उपचारको व्यवस्था जस्ता विभिन्न किसिमका कार्यक्रम आयोजना गर्दै आएपनि मातृशिशु मृत्युदर लक्ष्य अनुसार घट्न सकेको छैन ।

देशभर अहिले ८ हजार ७ सयको हाराहारीमा प्रसुतीकर्मी कार्यरत छन् । साथै २ हजार बर्थिङ सेन्टरको स्थापना तथा ७२ जिल्लामा अपरेशनसहितको प्रसुती सेवा विस्तार गरिएको सरकारले जनाएको छ । सन २०३० सम्ममा मातृ मृत्यु प्रति लाख जीवित जन्ममा ७० भन्दा कम र नवजात शिशु मृत्यु प्रति एक हजारमा १२ भन्दा कममा झार्ने सरकारको लक्ष्य छ ।

नेपालमा प्रतिवर्ष साढे ७ लाख भन्दा बढी महिला गर्भवती हुने अनुमान छ । गर्भवती भएको अवस्थामा सम्बन्धित महिलाले कम्तीमा चारपटक आफ्नो स्वास्थ्य परीक्षण गराउनुपर्छ  ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);