पाठेघरको क्यान्सर र फिष्टुला रोगको निःशुल्क परीक्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पाठेघरको क्यान्सर र फिष्टुला रोगको निःशुल्क परीक्षण

काठमाडौं, ३ वैशाख । सरकारले महिलाहरुको पाठेघरको क्यान्सर र फिष्टुला रोगको निःशुल्क परीक्षण गर्ने घोषणा गरेको छ । सरकारले सुरक्षित मातृत्व दिवसको अवसर पारेर सोमबार महिलाहरुको पाठेघरको क्यान्सर र फिष्टुला रोगको निःशुल्क परीक्षण गर्ने घोषणा गरेको हो।

यसै अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले सुरक्षित मातृत्व सम्बन्धि सेवालाई सहज बनाउन देशभर ३ महिने ४ वटा अभियान आजबाटै सुरु गरिएको पनि जानकारी दिए ।

सरकारले बैशाखदेखि असारसम्मको ३ महिनामा देशभरका सबै अस्पतालहरुबाट महिलाहरुको पाठेघरको क्यान्सर र फिष्टुलाको निःशुल्क परिक्षण अभियान संचालन गर्नेछ । त्यसैगरी श्रावणदेखि असोजसम्मको ३ महिनामा ‘एक पालिका एक सुरक्षित मातृत्व कोष’ स्थापना अभियान संचालन गरिनेछ । कार्तिकदेखि पौषसम्म सुरक्षित मातृत्वसम्बन्धि चेतना जगाउन देशभर निबन्ध लगायतका प्रतियोगित्मक कार्यक्रम संचालन गरिनेछ ।

राज्यमन्त्री अर्यालले पुसदेखि फागुनसम्म भने किशोरीहरुले महिनावारीमा गर्ने सरसफाई सम्बन्धि चेतनामूलक कार्यक्रम संचालन गर्न लागिएको पनि जानकारी दिइन्। उनले सरकारले सुरक्षित मातृत्व सेवालाई वडा तहसम्मै पुर्याउने गरी आवश्यक योजना अघि सारेको पनि स्पष्ट पारीन् ।

राज्यमन्त्री अर्यालले स्वास्थ्य सेवामा सबैको सहज पहुँच पुुर्याउन स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम संचालन गर्ने बताइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);