नेपालमा मातृ मृत्युदर घट्दै गएको तथ्याङक सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

जनकपुर, २ जेठ । नेपालमा मातृ मृत्युदर घट्दै गएको एक तथ्याङकले देखाएको छ । नेपाल डेमोग्राफी हेल्थ सर्वे नामक संस्थाले सन २०१६ मा गरेको सर्वेक्षण अनु सार नेपालमा एक लाख गर्भवती महिला मध्ये २ सय ३९ महिलाको मृत्यु हुने गरेको छ ।

सर्वेक्षण अनुसार सन १९९८ मा ५ सय ३९ गर्भवती महिलाको मृत्यु भएको थियो । धनुषाको जनकपुरमा बुधबार भएको कार्यक्रममा सहभागीहरुले सरकारले सन १९९७ मा सुरक्षित मातृत्व कार्यक्रम ल्याएपछि मातृ मृत्युदरमा कमी आएको बताएका हुन् ।

सरकारले सन २०३० सम्म मातृ मृत्युदर ७० प्रतिशत भन्दा कममा झार्ने लक्ष्य लिएको छ । कार्यक्रममा सुरक्षित मातृत्वसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै सूचना केन्द्रकी अञ्जना खड्काले नेपालमा असुरक्षित गर्भपतन बढी हुने गरेकाले मातृ मृत्यदर हुने गरेको बताइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);