५ वर्षमुनिका बालबालिकाको मृत्युदर तीन गुणाले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

५ वर्षमुनिका बालबालिकाको मृत्युदर तीन गुणाले घट्यो

MomBaby

एउटा विवाहित महिलाले औसतमा २ वटा बच्चा जन्माउन थाले –

काठमाडौं, २७ कात्तिक । नेपालमा मातृ तथा बाल स्वास्थ्यमा सुधार आएको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । राष्ट्रिय स्वास्थ्य सर्वेक्षणले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा मातृ तथा बाल स्वास्थ्यमा सुधार आएको उल्लेख गरिएको हो ।

सर्वेक्षणले ५ वर्षमुनिका बालबालिकाको मृत्युदर विगत २० वर्षमा तीन गुणा घटेको पनि स्पष्ट पारेको छ ।

त्यसैगरी नेपालमा गर्भवती सेवा सुधारोन्मुख हुँदै गएको पनि सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा एउटा विवाहित महिलाको औसतमा लगभग २ वटा बच्चा जन्मने गरेको पनि देखाएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डाक्टर गिताभक्त जोशीले मातृ तथा बाल स्वास्थ्यमा सुधार हुँदै जानु नेपालको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे ।

जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् १९९६ यताको पाँचौं सर्वेक्षण हो । सर्वेक्षणमा अझै पनि नेपालका धेरै बालबालिका कुपोषणले ग्रस्त रहेको पनि उल्लेख गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);