अतिरिक्त शुल्क खारेज गर्ने निर्णयको मेडिकल व्यवसायीद्वारा स्वागत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अतिरिक्त शुल्क खारेज गर्ने निर्णयको मेडिकल व्यवसायीद्वारा स्वागत

medical report

काठमाडौं, ४ जेठ । मेडिकल व्यवसायीहरुले बैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारमाथि लगाइएको अतिरिक्त शुल्क खारेज गर्ने सरकारी निर्णयको स्वागत गरेका छन् । उनीहरुले एक पक्षीय रुपमा ३९ वटा स्वास्थ्य संस्थाहरुबाट मात्रै स्वास्थ्य परिक्षण गराउने प्रावधान हटाएर सरकारले नेपाली युवाहरुलाई राहत दिएको बताएका छन् ।

आज काठमाडौँमा पत्रकार सम्मेलन गरी मेडिकल व्यवसायीहरुको छाता संगठन नेपाल मेडिकल व्यवसायी संघले सिन्डिकेटधारी ३९ कम्पनीका संचालकको सम्पत्ती छानबिन गर्न पनि माग गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्वास्थ्य मन्त्रालयबाट मान्यता प्राप्त र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सूचिकृत भएका स्वास्थ्य संस्थाहरुबाट वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुको स्वास्थ्य परिक्षण गराउने व्यवस्था लागू गरिएको घोषणा गरेका थिए । यस व्यवस्थाले स्वास्थ्य परिक्षणमा लगाइएको सिन्डीकेट अन्त्य भएको मेडिकल व्यवसायीको विश्वास छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);