मलेसिया जाने कामदारसँग वर्षेनि ३ अर्बभन्दा बढी ठग्दै आएका संस्थाका ४८ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मलेसिया जाने कामदारसँग वर्षेनि ३ अर्बभन्दा बढी ठग्दै आएका संस्थाका ४८ जना पक्राउ

pakrau

काठमाडौं, ७ जेठ । मलेसिया जाने कामदारसँग अवैध रुपमा रकम उठाउने ४८ जना पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौंबाट ४४ र ललितपुरबाट ४ जनालाई पक्राउ गरेको हो । वान स्टेप सेन्टर (ओएससी) र भिएलएन नेपालका सञ्चालक राम श्रेष्ठ पनि पक्राउ परेका छन् । पक्राउ पर्ने अधिकांशमा वान स्टेप सेन्टर (ओएससी), भिएलएन नेपाल, माइग्राम्स, जीएसजी र स्वास्थ्य परीक्षणमा सिण्डिकेट कायम गरेका विभिन्न ३९ स्वास्थ्य संस्थाका सञ्चालक र कर्मचारी छन् ।

यी संस्थाले सिण्डिकेट कायम गरी स्वास्थ्य परीक्षण, राहदानी संकलन लगायत नाममा कामदारसँग अनधिकृतरुपमा वर्षेनि ३ अर्बभन्दा बढी शुल्क लिने गरेका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गएको विहिबार कामदारसँग अनधिकृत रुपमा शुल्क उठाउँदै आएका संस्था खारेज गर्ने तथा शुल्क उठाउन रोक लगाउने निर्णय गरेका थिए ।

महानगरीय अपराध महाशाखाले मन्त्री विष्टको निर्णय कार्यान्वयनका क्रममा अवैध असुलीमा संलग्न ४८ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध ठगीको मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);