ड्रग्स पार्टीबाट शाहरुख खानका छोरा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

ड्रग्स पार्टीबाट शाहरुख खानका छोरा पक्राउ

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका जेठा छोरा आर्यन खान पक्राउ परेका छन् । मुम्बई हाइप्रोफाइल ड्रग्स पार्टीको सिलसिलामा नारकोर्टिक कन्ट्रोल ब्युरो (एनसीबी) ले आर्यनसहित आठ जनालाई हिरासतमा लिएको हो । जसमा तीन जना युवती छन् ।

मुम्बईस्थित कार्डेलिया द इम्प्रेस क्रुजमा आयोजित ड्रग्स पार्टीमा ६ सय जना सामेल भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । पार्टीमा आर्यनले ड्रग्स सेवन गरेका थिए कि थिएनन् भन्ने बाहिर आइसकेको छैन । पक्राउ परेका सबैसँग प्रहरीले सोधपुछ गरिरहेको बताइन्छ । एनसीबीले पार्टी आयोजकलाई पनि सोधपुछका आइतबार राति ११ बजेभित्र उपस्थित हुन पत्र पठाएको छ ।

पार्टीमा ड्रग्स सप्लाई भइरहेको सुराकीको आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरी अधिकारी यात्रुको रुपमा पानी जहाजमा सवार भएका थिए । पानीजहाज समुन्द्रको बीचमा पुगेपछि ड्रग्स पार्टी सुरु भएको थियो । शनिबार पार्टी चल्दै गर्दा आर्यनलगायत आठ जनालाई पक्राउ गरिएको थियो । पार्टीमा भारी मात्रामा एमडी कोक र ह्यासिस बरामद भएको बताइएको छ । एनसीबीका प्रमुख एसएन प्रधानले आफूहरुले दुई साताको निगरानीपछि छापा मारेको बताएका छन् ।

प्रहरीकाअनुसार जुन पानीजहाजमा ड्रग पार्टी भएको थियो, त्यसको प्रवेश शुल्क ६० हजारदेखि ५ लाख भारुसम्म राखिएको थियो । प्रहरीले छापा मार्दा क्रुजमा ६ सय जना हाइप्रोफाइल युवायुवती रहेको बताइन्छ ।

१८ सय क्षमताको जहाजमा ड्रग्स पार्टीका लागि आयोजकले इन्स्ट्राग्राम तथा अन्य समाजिक संजालमार्फत निमन्त्रणा पठाएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);