आर्यन खानको सुनुवाइ २६ अक्टोबरमा हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

आर्यन खानको सुनुवाइ २६ अक्टोबरमा हुने

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको सुनुवाइ बम्बे हाई कोर्टमा आउँदो २६ अक्टोबरमा हुने भएको छ ।

गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परेका आर्यन मुम्बईस्थित अर्थर रोडमा रहेको मुम्बई सेन्ट्रल जेलमा छन् । आर्यनले ड्रग्स सेवन नगरेको र उनीसँग नपाइएको भए पनि उनको साथीबाट भेटिएकाले एकै मुद्दा बनाएर नार्कोटिक्स कन्ट्रोल ब्युरोले कारबाही गरिरहेको छ । 

आर्यनको जमानत अपिल दुईपटक खारेज भइसकेको छ । त्यसकारण उनका वकिल सतिश मानेसिन्डेले हाई कोर्टमा जमानतका लागि अपिल गरेका छन् । आर्यनको सुनुवाइ २६ अक्टोबरमा हुने भएपछि शाहरुख जेलमै भेट्न पुगेका थिए । कोरोना भाइरसका कारण बाहिरी मान्छेलाई जेलमा प्रतिबन्ध भए पनि परिवार भने जान पाउनेछन् । पछिल्लो समय आर्यन ड्रग्स केसमा मुछिएपछि शाहरुखले आफ्नो जन्मोत्सव नमनाउने भएका छन् । 

उनको म्यानेजर पूजाको भनाइअनुसार शाहरुखले फ्यानलाई आफ्नो घर मन्नत अगाडि नउभिनसमेत आग्रह गर्नेछन् । साथै, हरेक वर्ष हुँदै आइरहेको दीपावलीको सेलिब्रेसन पनि यस वर्ष मन्नतमा नहुने भएको छ । शाहरुखले छोरा आर्यनलाई जमानत दिलाउन हरप्रयास गरिरहेका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);