अनन्या पाण्डेलाई एनसीबीले शुक्रबार पनि सोधपुछका लागि बोलायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अनन्या पाण्डेलाई एनसीबीले शुक्रबार पनि सोधपुछका लागि बोलायो

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई पक्राउ गरेर कारबाही गरिरहेको नार्कोटिक्स कन्ट्रोल ब्युरो एनसीबीले बलिउड अभिनेत्री अनन्या पाण्डेको घरमा पनि छापा मारेको छ । आर्यनसँग ह्वाट एप्स च्याटमा अनन्याको लिंक देखिएपछि उनलाई एनसीबीले सोधपुछका लागि बोलाएको हो । 

बिहीबार ४ बजे बयान दिन पुगेकी अनन्याको सोधपुछ समयका कारण रोक्नु परेपछि उनलाई शुक्रबार ११ बजे पुनः बोलाइएको छ । च्याटमा ड्रग्ससँग लिंक देखिएपछि एनसीबीले अनन्याको घरमा छापा मारेको थियो ।

अनन्यासँग एनसीबी प्रमुख समीर वानखडेले महिला अफिसरको उपस्थितिमा सोधपुछ गर्नेछन् । अनन्यासँग उनका पिता तथा अभिनेता चंकी पाण्डे पनि एनसीबी गएका थिए । अनन्या शाहरुखकी छोरी सुहाना खानको मिल्ने साथी पनि हुन् । गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परेका आर्यन मुम्बईस्थित अर्थर रोडमा रहेको मुम्बई सेन्ट्रल जेलमा छन् । आर्यनले ड्रग्स सेवन नगरेको र उनीसँग नपाइएको भए पनि उनको साथीसँग भेटिएकाले एकै मुद्दा बनाएर कारबाही गरिएकाे हाे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);