पाकिस्तानको युनिभर्सिटीमा प्रोफेसरले फोनबाटै छात्राहरुलाई लागुऔषध बेचेको खुलासा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

पाकिस्तानको युनिभर्सिटीमा प्रोफेसरले फोनबाटै छात्राहरुलाई लागुऔषध बेचेको खुलासा

एजेन्सी, ९ साउन । पाकिस्तानको इस्लामिया युनिभर्सिटी अफ बहावलपुर (क्ष्ग्द्य) मा ड्रग्स र ब्ल्याकमेलिङको घटना बाहिर आएको छ । योसँगै प्राध्यापकहरुको गिरोहले विद्यार्थीहरुलाई लागुऔषध बेच्ने गरेको खुलाशा भएको हो ।

यस घटनामा केहीलाई पक्राउ पनि गरिएको छ । उनीहरुको फोनबाट छात्राहरुको भिडियो समेत फेला परेको छ । यी भिडियोमार्फत युवतीहरूलाई ब्ल्याकमेल गर्ने गरेको आरोप छ ।

सरकारले यो प्रकरणलाई दबाउन हरसम्भव प्रयास ग¥यो, तर यो काण्ड मिडिया रिपोर्टबाट बाहिर आएको हो । बर्खास्तपछि विश्वविद्यालयका प्रमुख सुरक्षा अधिकृत पनि पक्राउ परेका छन् ।

पाकिस्तानको अखबार ‘द डन’ ले यस ड्रग्स रैकेटको बारेमा विस्तृत रिपोर्ट प्रकाशित गरेको छ । यसमा प्रहरीको बयान पनि समावेश छ । प्रहरीका अनुसार केही दिनदेखि आइयुबीमा लागुऔषध ओसारपसारको सूचना आइरहेको थियो । विश्वविद्यालयका केही प्राध्यापकले मात्रै यो ¥याकेट चलाएको अनुसन्धानले देखाएको छ । छापा मार्दा एक प्राध्यापकको साथबाट हेरोइन पनि बरामद भएको छ ।

प्रहरीले जेठदेखि नै यस विषयमा अनुसन्धान गरिरहेको भए पनि प्रमाण नहुँदा अभियुक्तलाई कारबाही गर्न सकेको थिएन । ठोस सूचना पाएपछि विश्वविद्यालयका प्रमुख वित्तीय अधिकृतलाई असार २८ गते पक्राउ गरिएको थियो । उनको साथबाट धेरै लागुऔषध बरामद भएको छ ।

वित्त अधिकारी भ्यानमा समातिए। उनीसँगै विश्वविद्यालयका प्रमुख सुरक्षा अधिकृत पनि उपस्थित थिए । नजिकै लागुऔषध पनि फेला परेको छ । दुबैको फोन चेक गर्दा प्रहरी चकित भएको जनाएको छ । जसमा युनिभर्सिटीका विद्यार्थी र महिला शिक्षकको अश्लील भिडियो पनि समावेश थियो। ती छात्रा तथा महिला शिक्षकलाई विभिन्न स्थानमा ब्ल्याकमेल गरी बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);