आज जुन २६ अर्थात लागुऔषध दिवस : भर्चुअल माध्यमबाट नेपालमा पनि मनाईदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आज जुन २६ अर्थात लागुऔषध दिवस : भर्चुअल माध्यमबाट नेपालमा पनि मनाईदैं

काठमाडौं । आज जुन २६ अर्थात लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस । ‘लागुऔषधरहित परिवारः स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रिय नाराका साथ नेपालमा पनि भर्चुअल माध्यमबाट यो दिवस मनाईदै छ ।

कोरोना कारण यो वर्षको लागुऔषध दुरुपयोगविरुद्धको कार्यक्रम भर्चुअल माध्यमको साहयतामा सञ्चालन भएका हुन् । संयुक्त राष्ट्रसंघले सन् १९८७ मा जारी गरेको घोषणापत्रको ४२ को ११२ खण्डमा हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको दिवसको रूपमा मनाउने गरिएको हो ।

सोही दिवसका रुपमा नेपालमा पनि भर्चुअल माध्यमबाट सेचतनामूलक कार्यक्रम गरिएका छन् । नेपालमा लागुऔषधको कारोबार र प्रयोग सन् १९६० को दशकमा शुरु भएको पूर्व प्रहरीहरुको भनाई छ ।

त्यसपछि नेपालका बोडर खुकुलो र गिरोहलाई कारबार गर्न सहज वातावरण बन्दै जानु र कानूनको अभावमा खुलेआम रुपमा लागुऔषधको प्रयोग बढ्दै जानुले नेपालमा थप लागूऔषधको व्यापार फस्टाउँदै गएको पूर्व प्रहरीहरुको बुझाई रहेको छ ।

नेपालमा लागुऔषध प्रयोगको अवस्था, प्रभावित समूह र क्षेत्रको बारेमा जानकारी लिने उद्देश्यले गरिएको सर्वेक्षणअनुसार नेपालमा लागुऔषध प्रयोगकर्ता १ लाख ३० हजार ४२४ पुगेको अनुमान छ । जुन कुल जनसंख्याको झण्डै ०.४८ प्रतिशत हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);